सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप एक पक्राउ
धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बीपी चोकस्थित सिटिजन बैंकबाट २५ असोजमा नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारबिसगञ्ज–१० का २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, कात्तिक २ : धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बीपी चोकस्थित सिटिजन बैंकबाट २५ असोजमा नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारबिसगञ्ज–१० का २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य तीनजनालाई २५ असोज साँझमै प्रहरीले पक्राउ गरेको थियो ।
उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका रोशनलाई सुनवर्षी नगरपालिका–८ सिक्टी नेपाल चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न रही २५ असोजमा पक्राउ परेकामध्ये श्याम मुखियाको कोठाबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ५ सय ग्राम अवैध लागूऔषध गाँजासमेत प्रहरीले बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका सञ्चालकलाई हतियार देखाई नगद १२ हजार रुपैयाँ लुटपाट गरेको घटनामा पनि सोही समूहका सदस्यहरूको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।




-1757142095.jpg)






