Kathmandu Press

थप १०९६ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभरिमा १०९६ जना कोरोना संक्रमित थपिएका छन्।
थप १०९६ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं, कात्तिक २ : पछिल्लो २४ घन्टामा देशभरिमा १०९६ जना कोरोना संक्रमित थपिएका छन्।

९,९१६ जनामा गरिएको पिसिआर परीक्षणबाट उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १००४जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यस्तै कोरोनाबाट १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्