Kathmandu Press

सरकारी छानविन समिति गठनपछि रुबी खानले तोडिन् अनसन

बाँकेमा ज्यान गुमाएका दुई महिलालाई न्याय दिलाउन १२ दिनदेखि अनसनरत रुबी खानले मंगलबार अनसन तोडेकी छन्।
सरकारी छानविन समिति गठनपछि रुबी खानले तोडिन् अनसन

काठमाडौं, कात्तिक २ : बाँकेमा ज्यान गुमाएका दुई महिलालाई न्याय दिलाउन १२ दिनदेखि अनसनरत रुबी खानले मंगलबार अनसन तोडेकी छन् ।

सरकारले दुवै महिलाको मृत्युबारे छानविन गर्न समिति गठन गरेपछि खानले अनसन तोडेकी हुन् । सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएर उनको अनसन तोडाएकी हुन् ।

बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणबारे समितिले एक साताभित्र सत्यतथ्य पत्ता लगाउने भएको छ ।

उनीहरूको घटनाबारे छानविनका लागि दबाब दिन बाँकेका १४ जना महिला २० दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका छन् ।

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्