Kathmandu Press

सेतीको बाढीले घेर्‍यो बस्ती, १० परिवारका ६० जना उद्धारको पर्खाइमा

हिजो राति नदी बस्तीमा पसेपछि केही गाउँलेलाई विद्यालयमा लगेर राखिएको छ, तर उद्धारकै क्रममा नदी बढेर बस्ती डुबानमा परेपछि उनीहरू त्यहीँ फसेका हुन्।
सेतीको बाढीले घेर्‍यो बस्ती, १० परिवारका ६० जना उद्धारको पर्खाइमा

बैतडी, कात्तिक २ : बैतडीको सिगास गाउँपालिकाका ६० जना सेती नदीको बीचमा फसेका छन्। सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा १० परिवारका ६० जना सोमबार रातिदेखि फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताएका छन् ।

हिजो राति नदी बस्तीमा पसेपछि केही गाउँलेलाई विद्यालयमा लगेर राखिएको छ, तर उद्धारकै क्रममा नदी बढेर बस्ती डुबानमा परेपछि उनीहरू त्यहीँ फसेका हुन्।

अहिले नदी बस्तीको वरिपरि फैलिएको छ। फसेका नागरिकको उद्धारका लागि बिहानै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरे पनि उद्धार हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

लगातारको ठूलो पानीका कारण हेलिकप्टर पनि प्रभावित क्षेत्रमा जान सकेको छैन । 

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्