महाकालीको बाढीमा फसेका ५ जनाले रुखमा चढेर ज्यान बचाए, उद्धारका लागि आग्रह
कञ्चनपुर, कात्तिक २ : भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँच जना उद्धारको पर्खाइमा छन्।सोमबार राति घर नजिकैको कुखुराको खोर...
कञ्चनपुर, कात्तिक २ : भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँच जना उद्धारको पर्खाइमा छन्।
सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ।
स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन। बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ।
बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ। यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ। क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यायमा सरेको छ। रासस
प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)






