Kathmandu Press

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

वासिङटन, कात्तिक २ : संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ।यसै साता अफगानिस्तानका विषयमा रुसले वार्ताको...
रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

वासिङटन, कात्तिक २ : संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ।

यसै साता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ। तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन् – केही प्राविधिक कारणहरुले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ । तर ती के प्राविधि कारण हुन् भन्ने बारेमा भने उनले केही बताउनुभएको छैनन्।

उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताएका थिए।

 

प्रकाशित मिति: १३:४० बजे, मंगलबार, कात्तिक २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्