Kathmandu Press

पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा दुई जनाको मृत्यु

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ ओदाली र दोधारा चादनी नगरपालिका–१० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा अविरल वर्षाका कारणले माहाकाली नदीमा पानीको सतह वढ्दा करिब २ सय घर डुबानमा परेका छन् ।
पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा दुई जनाको मृत्यु

काठमाडौं, कात्तिक २ : सुदूरपश्चिममा पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडा बस्ने ३२ वर्षीय बिष्णु अवस्थीको सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु भएको छ।

पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। साथै पसल पूर्णरुपमा क्षति भएको छ।

कालिकोटको महाबै गाउँपालिका–७ राम्नी बस्ने बिष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकै छोरी १८ वर्षीया स्मृती अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ। साथै उनकै १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छिन्।

बझाङको बित्थडचिर गाउँपालिका–२ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ। सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बित्थडचिरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ ओदाली र दोधारा चादनी नगरपालिका–१० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा अविरल वर्षाका कारणले माहाकाली नदीमा पानीको सतह वढ्दा करिब २ सय घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय गड्डा चौकी र इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

 

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्