Kathmandu Press

ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, कात्तिक २ : बिर्तामोड नगरपालिका–९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र डिजिटल तराजुसहित बिर्तामोड नगरपालिका–९ बस्ने...
ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, कात्तिक २ : बिर्तामोड नगरपालिका–९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र डिजिटल तराजुसहित बिर्तामोड नगरपालिका–९ बस्ने ३४ वर्षीय जगदिश ओलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।  

उनीमाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

 

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्