कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
काठमाडौं, कात्तिक २ : कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।चन्द्रागिरी नगरपालिका–११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा...
काठमाडौं, कात्तिक २ : कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका–६ घर भएकी ४२ वर्षीया आरती लम्साललगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












