Kathmandu Press

बाढी पहिरो प्रभावितलाई उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार र राहतका लागि निर्देशन दिएका छन्।
बाढी पहिरो प्रभावितलाई उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, कात्तिक २ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार र राहतका लागि निर्देशन दिएका छन् ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रधानमन्त्री देउवाले तत्काल उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् ।

‘सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्