Kathmandu Press

माओवादीको राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन

काठमाडौं, कात्तिक २ :  नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेकको स्थायी समिति बैठकले पार्टी सदस्यता...
माओवादीको राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन

काठमाडौं, कात्तिक २ :  नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेकको स्थायी समिति बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलनलगायतको मिति संशोधन गरेको हो।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गर्ने निर्णय गरिएको छ ।

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको महराले जानकारी दिए। पुस १७ गतेदेखि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।

माओवादी स्थायी समितिको अर्को बैठक आगामी बिहीबार बस्नेछ ।

प्रकाशित मिति: ११:५० बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्