Kathmandu Press

आज पनि माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, कात्तिक २ : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्न लागेको छ।पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बैठक बस्न लागेको...
आज पनि माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, कात्तिक २ : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्न लागेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बैठक बस्न लागेको जनाइएको छ। बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

सोमबार पनि माओवादी स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनबारे छलफल भएको थियो। तिनै विषयमा आज पनि छलफल हुने जनाइएको छ।

माओवादीको राष्ट्रिय सम्मेलनका लागि टोल भेला कात्तिक  ६ सम्म, वडा सम्मेलन कात्तिक १३ मा र स्थानीय तहको सम्मेलन मंसिर ४ मा गर्ने तय गरिएको छ। राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुने भएको छ।

प्रकाशित मिति: ०७:५५ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्