Kathmandu Press

पहिरोले दुई दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ, कात्तिक २ : दुई दिनदेखिको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको...
पहिरोले दुई दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ, कात्तिक २ : दुई दिनदेखिको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको छ। त्यस्तै, नयाँ सडकको माथिबाट पहिरो आएर राजमार्ग भत्किएको छ। जसले गर्दा दुई दिनदेखि यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। तर, वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन्।

प्रकाशित मिति: ०७:०० बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्