प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए
काठमाडौं, कात्तिक १ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्थानीय तहअनुसार झापाको विर्तामोडमा १२, मेचीनगरमा नौ, शिवसताक्षीमा चार, कनकाईमा तीन, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा दुई दुई, गौरादहमा एक, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा तीन, बुढीगङ्गामा दुई, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनवर्षीमा एक एक, सुनसरीको इटहरी र स्थानीय तह नखुलेकामा पाँच पाँच, धरानमा तीन, भोक्राहानरसिंहमा एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र माईमा एक एक, उदयपुरको कटारी र प्रदेश बाहिरका एक एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै ३१ महिलासहित ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पाँच महिलासहित छ जनाको मृत्यु भएको बताइएको छ ।