Kathmandu Press

प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने

प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने

काठमाडौं, कात्तिक १ : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।

ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ ।

बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । 

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्