वर्षाको कारण विभिन्न सडक अबरोध
काठमाडौं, कात्तिक १ : अबिरल बर्षासँगै देशका विभिन्न स्थानमा गएको पहिरोले विभिन्न स्थानमा सडक अबरुद्ध भएका छन् ।प्युठानको सरूमारानी गाउँपालिका-४ खहरेस्थित भालुवाङ प्यूठान...
काठमाडौं, कात्तिक १ : अबिरल बर्षासँगै देशका विभिन्न स्थानमा गएको पहिरोले विभिन्न स्थानमा सडक अबरुद्ध भएका छन् ।
प्युठानको सरूमारानी गाउँपालिका-४ खहरेस्थित भालुवाङ प्यूठान सडकमा सोमबार बिहान पहिरो जाँदा सडक अबरोध भएको छ । सडक अबरोध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी देविस्थानबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ । यता, अछामको चौरपाटी गाउँपालिका ६ दुनिभावरस्थित सडकमा सोमबार बिहान पहिरो जाँदा सडक अबरोध भएको छ ।
सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ । यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ दहखोला नजिकै सडकमा आइतबार बिहान पहिरो जाँदा सकड पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।
रूपन्देही, देवदह नगरपालिका ९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको घोडाहा खोलाको पक्की पुलको डाईभर्सन सोमबार बिहान खोलाले बगाउँदा सडक अबरोध भएको छ । सडक अबरोध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले एकतर्फी सडक सूचारु गराएको छ ।




-1757142095.jpg)






