Kathmandu Press

ओली एक्लै हिँड्न खोज्दा एमालेमा विद्रोह निम्तिएको हो : झाँक्री 

पाल्पा, कात्तिक १ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले केपी ओली एक्लै हिँड्न खोज्दा एमालेमा विद्रोह निम्तिएको बताएकी छन्।आज (सोमबार) पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाटमा...
ओली एक्लै हिँड्न खोज्दा एमालेमा विद्रोह निम्तिएको हो : झाँक्री 

पाल्पा, कात्तिक १ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले केपी ओली एक्लै हिँड्न खोज्दा एमालेमा विद्रोह निम्तिएको बताएकी छन्।

आज (सोमबार) पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री झाँक्रीले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा जनताको पक्षमा काम गर्ने मौका अरुले भन्दा बढी पाएको तर उनी असफल बनेको दाबी पनि गरिन्।

‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका ओलीले पाएको, आफ्नै बहुमतको सरकार भएको तर समन्वय नगरेर एक्लै हिँडने प्रयासका कारण सुशासनको सट्टा कुशासन निम्तिएको र त्यसैबाट एमालेमा विद्रोह जन्मिएको र भत्किने प्रक्रिया शुरु भएको  उनको भनाइ थियो।

आफूहरूले अलग पार्टी स्थापना गर्नुपर्नाको कारण केपी ओली रहेको जिकिर पनि उनले गरिन्।  ‘उहाँले पार्टी र राज्यसत्ता सही ढंगले चलाउनुभएन,’ ओलीलाई लक्षित गर्दै उनले भनिन्, ‘जवाफदेहिताता देखाउनुभएन, हावा गफ मात्रै गर्नुभयो ।’

वर्तमान सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने बताइन्। उनले आफू मन्त्री हुन्जेल विकास र सुशासनका लागि इमानदार तरिकाले पहलकदमी लिने उनले स्पष्ट पारिन्।

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्