Kathmandu Press

नुवाकोट बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

त्रिशूली, कात्तिक १ : नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा  दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप...
नुवाकोट बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

त्रिशूली, कात्तिक १ : नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा  दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।

घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको छ।
 
किस्पाङ–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौं जान लागेको बा४ख ५७६२ नम्बरको बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेक काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकोप्टर र चारजनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ। बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ। 

बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ। बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए।

दुर्घटनाको समयमा उक्त बसमा ५० जनाभन्दा बढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौंतर्फ जान लागेका थिए।

प्रकाशित मिति: १६:१७ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्