Kathmandu Press

नेकपा एसको मुखपत्र प्रकाशन हुने

काठमाडौं, कात्तिक १ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ।त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि...
नेकपा एसको मुखपत्र प्रकाशन हुने

काठमाडौं, कात्तिक १ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ।

त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको छ। समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिकरुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

यही कात्तिकभित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ। सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय सङ्गठनका स्थानीय तह, प्रदेश तथा सङ्घीय गतिविधिलाई समेटिने बताइएको छ। 

यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले ती प्रकाशनलाई व्यवस्थितरुपमा प्रकाशन गर्न देशभर समाचार सङ्कलनको संयन्त्र प्रभावकारी बनाउन, भाषा, साहित्यलाई महत्व दिन र सम्पादनका क्षेत्रमा दक्ष जनशक्तिलाई जिम्मेवारी दिन सुझाव दिएका थिए। 

यही कात्तिकको तेस्रो सातासम्म पार्टी निकट समाजवादी प्रेस सङ्गठनको भेला गरी घोषणासभा गरिने समाजवादीप्रेस सङ्गठनका सदस्य विश्वमणि सुवेदीले जानकारी दिए। सो सङ्गठनका संयोजक शम्भु श्रेष्ठलाई पार्टीले हालै प्रचार विभागको उपप्रमुख तोकेको छ।
 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्