Kathmandu Press

वर्षा र बाढीबाट भारतको केरलामा २६ जनाको मृत्यु, कैयौँ अझै बेपत्ता

नयाँ दिल्ली, कात्तिक १ : भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको...
वर्षा र बाढीबाट भारतको केरलामा २६ जनाको मृत्यु, कैयौँ अझै बेपत्ता

नयाँ दिल्ली, कात्तिक १ : भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ। 

बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका जनाइएको छ। साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन्। बाढीका कारण यहाँको बाटो र बिजुली पनि अवरुद्ध भएको छ। यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको बताइएको छ।

हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो। केरला राज्यका अधिकारीहरुले आइतबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको बताएका छन्। यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको जनाएका छन्।

कोट्याम जिल्लामा बढीले बढी क्षति पुर्‍याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन्।

बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन्। मौसम विज्ञान विभागका अधिकारीहरुले सोमबार पनि बर्षा कायमै रहने बताएका छन्।

बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ। यसकारण उद्धारको काममा पनि कठिनाई भएको उनीहरुले बताएका छन्।
 

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्