Kathmandu Press

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

लस एन्जलस, कात्तिक १ : अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । 

बिरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्तपतालबाट उनी आइतबार डिस्चार्ज भएको बताइएको छ।

Hardik ivf

उनलाई निको भएपछि दक्षिणी क्यालिफोर्नियाको इरुभाइन मेडिकल सेन्टरबाट डिस्चार्ज गरिएको सो अस्पताल प्रशासनले जनाएको समाचारमा बताइएको छ। पचहत्तर वर्षीय पूर्व राष्ट्रपति क्लिन्टनलाई गत बुधबार शरीरमा सङ्क्रमण भइ ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको ज्वरो नियन्त्रणमा आएको र शरीरबाट सङ्क्रमण हटेपछि अस्पतालबाट डिस्चार्ज गरिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हो।
 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्