Kathmandu Press

नुवाकोटको किस्पाङमा बस दुर्घटना : ३० जना घाइते, १० को अवस्था गम्भीर

काठमाडौं, कात्तिक १ : नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई...
नुवाकोटको किस्पाङमा बस दुर्घटना : ३० जना घाइते, १० को अवस्था गम्भीर

काठमाडौं, कात्तिक १ : नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जाने क्रममा दुर्घटनामा परेको थियो। छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुझिएको छ।
 

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्