मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड
काठमाडौं, कात्तिक १ : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। दमको समस्या...
काठमाडौं, कात्तिक १ : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्।
दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन्।
उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन्। वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।
वैद्य लामो समयदेखि दमबाट पीडित छन्।
प्रकाशित मिति: १३:२६ बजे, सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











