Kathmandu Press

अरुणखोलानजिकै बस दुर्घटना हुँदा ४२ जना घाइते

अरुणखोलानजिकै बस दुर्घटना हुँदा ४२ जना घाइते

कावासोती, कात्तिक १ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । 

नवलपरासीको त्रिवेणीबाट काठमाडौंका लागि छुटेको लु १ ख ९४७६ नम्बरको बस बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबासबिचको जङ्गलमा आफै अनियन्त्रित भएर बस पल्टिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र ५ जनाको दुम्किबासमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्