एमाले वडा अधिवेशन कात्तिक ६ गते

काठमाडौं, कात्तिक १ : नेकपा एमालेले देशभर एकै दिन वडा अधिवेशन गर्ने भएको छ।
एमालेले यही कात्तिक ६ गते ६ हजार ७४५ वडामा अधिवेशन गर्न लागेको हो। वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तयारी रहेको एमालेले जनाएको छ।
वडा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र वडा सद सदस्यहरु चयन हुनेछन्। त्यस्तै कात्तिक ९ गते पालिका अधिवेशन हुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । उनका अनुसार ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन हुनेछ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदैछ।
प्रकाशित मिति: १२:४१ बजे, सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











