Kathmandu Press

सुनको मूल्य प्रतितोला ९१ हजार ३००

काठमाडौं, कात्तिक १ : नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ। छापावाल सुन दसैँअघि गत असोज २५ गते...
सुनको मूल्य प्रतितोला ९१ हजार ३००
Hardik ivf

काठमाडौं, कात्तिक १ : नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ। छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ तोकेको छ। चाँदी गत सोमबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो।
 

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्