Kathmandu Press

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं, कात्तिक १ : सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ।बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...
पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं, कात्तिक १ : सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको बताइएको छ। कात्तिक १३ गते वडा र मंसिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ।

प्रकाशित मिति: १०:३० बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्