Kathmandu Press

सुदूरपश्चिममा बिहानैदेखि वर्षा, देशभर बदली

सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुदूरपश्चिममा बिहानैदेखि वर्षा, देशभर बदली

काठमाडौं, कात्तिक १ : सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्य बदली छ । कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका १–२ स्थानमा सामान्य वर्षा भइरहेको छ ।

हाल बंगालको खाडी र मध्य भारतमा रहेको तर उत्तरतिर सर्दै गरेको न्यून चापीय रेखा र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०८:३७ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्