Kathmandu Press

प्रजिअसहित सह र उपसचिवको सरुवा

गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ ।
प्रजिअसहित सह र उपसचिवको सरुवा

काठमाडौं, कात्तिक १ : गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ ।

आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णयअनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ । यस्तै, अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

यसैगरी, सहसचिव किरण थापालाई कैलाली, जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, विपद् व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै, कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीलाई डोल्पा, उपसचिव नेत्रप्रसाद शर्मालाई मुस्ताङ र उपसचिव राजुप्रसाद पौडेललाई स्याङ्जाको प्रजिअमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ०८:०४ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्