Kathmandu Press

तल्ला तहका श्रमिकको हकहित नै पहिलो प्राथमिकता : श्रममन्त्री श्रेष्ठ

काठमाडौ‌, असोज ३१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफ्नै मन्त्रालयका श्रमिकको गुनासो सुनेर कार्य सुरुआत गरेका छन्।मन्त्री श्रेष्ठले आज मन्त्रालयमा कार्यालय...
तल्ला तहका श्रमिकको हकहित नै पहिलो प्राथमिकता : श्रममन्त्री श्रेष्ठ

काठमाडौ‌, असोज ३१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफ्नै मन्त्रालयका श्रमिकको गुनासो सुनेर कार्य सुरुआत गरेका छन्।

मन्त्री श्रेष्ठले आज मन्त्रालयमा कार्यालय सहयोगी, सफाइ कर्मचारी र चालकको गुनासो सुनेका हुन्। 

दसैंपछि कार्यालय खुलेको पहिलो दिन मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकको समस्याबारे चासो राख्नुभएको सचिवालयले जनाएको छ। सो क्रममा श्रमिकले आफूहरूको महङ्गी भत्ता काटिएको, तलब थोरै भएकोलगायत गुनासो राखेका थिए।

मन्त्री श्रेष्ठले समस्या सुनेलगत्तै आफू श्रमजीविको पक्षमा काम गर्नकै लागि जिम्मेवारीमा आएको भन्दै आफ्नो पहिलो प्राथमिकता तल्ला तहका श्रमिकको हकहितको पक्षमा हुने बताउनुभयो। उनले तत्काल मन्त्रालयका श्रमिकको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी नै श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना र रोजगारीमा रहेका श्रमिको सामाजिक सुरक्षाको निम्ति भएको बताए।

‘मेरो पहिलो जिम्मेवारी र दायित्व पसिना बगाएर बाँचिरहेका श्रमिकको हितका निम्ति काम गर्ने हो। मेरो मन्त्रालयको श्रमिकको समस्या सुनेँ । यसैगरी समस्या बुझेर हरेक ठाउँमा काम गर्ने श्रमिकको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्छु,’ उनले भने।

मन्त्री श्रेष्ठले बेरोजगार युवालाई उत्पादनसँग जोडेर रोजगारी दिने, विभिन्न उद्योग प्रतिष्ठानमा रोजगारी गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टी र सरकारी कार्यालयमा श्रम गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि तत्काल कदम चाल्ने उल्लेख गरे।

प्रकाशित मिति: २०:४३ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्