Kathmandu Press

सबै नागरिकको सम्मानजनक सहभागिता आवश्यक  : अध्यक्ष यादव

इनरुवा, असोज ३१ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्।सुनसरी सदरमुकाम...
सबै नागरिकको सम्मानजनक सहभागिता आवश्यक  : अध्यक्ष यादव

इनरुवा, असोज ३१ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्।

सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गरे। 

आफू परराष्ट्रमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरुको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभव गरेको अध्यक्ष यादवले जानकारी दिए। कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गरेर, जलस्रोतलाई विद्युतमा परिणत गरेर र पर्यटनलाई विदेशीको माझ व्यापार बनाउन सक्ने गरी विकास गर्न सक्ने उनले उल्लेख गरे। 

फरक प्रसंगमा अध्यक्ष यादवले नेपालको संविधान संसोधन गर्नुपर्ने आवश्यक रहेको बताए। संविधान निर्माण र जारीदेखि नै आफूहरुले त्यसमा संशोधनको आवश्यकता रहेको बताउँदै आएको चर्चा गर्दै उनले संसोधन नभएसम्म सबै नेपालीको हित नहुने बताए। 

संविधान संशोधन गरेर तराई मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए। संविधानमा गर्ने संशोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको सम्मान पहुँच स्थापित र अपनत्व महसुस गराउनका लागि हुने उनको भनाइ थियो।  

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश सयौँ नेता तथा कार्यकर्ताहरुलाई पार्टीका अध्यक्ष यादवले फूल, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेको थिए।

प्रकाशित मिति: २०:०० बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्