Kathmandu Press

संयुक्त राष्ट्रसंघद्वारा युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसंघ, असोज ३१ : संयुक्त राष्ट्रसंघले सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त...
संयुक्त राष्ट्रसंघद्वारा युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसंघ, असोज ३१ : संयुक्त राष्ट्रसंघले सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको छ। 

यहाँको सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्को पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समाधान खोज्न महासचिव गुटेर्रेसले आग्रह गरेका छन्।

उनले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई यहाँ शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्। 

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, असोज ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्