भारतमा थप १४ हजार १४६ जना सङ्क्रमित
नयाँ दिल्ली, असोज ३१ : पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी...
नयाँ दिल्ली, असोज ३१ : पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
यो सङ्ख्या २२९ दिनयताको सबभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।
भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड ३४ लाख १९ हजार ७४९ पुगेको सो मन्त्रालयले जनाएको छ। यहाँ हाल ९८ः१० प्रतिशत व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन्।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ९५ हजार ८४६ पुगेको अधिकारीले जनाएका छन्। यो सङ्ख्या २२० दिन यताको सबभन्दा कम भएको समाचारमा जनाइएको छ। योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ३ करोड ४० लाख ६७ हजार ७१९ जना पुगेको छ।
यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल ४ लाख ५२ हजार १२४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएका छन्।











