Kathmandu Press

रक्षामन्त्री डा. रिजालले गरे जंगी अड्‍डाको निरीक्षण 

काठमाडौं, असोज ३१ : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार जंगी अड्डाको निरीक्षण गरेका छन्।रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका...
रक्षामन्त्री डा. रिजालले गरे जंगी अड्‍डाको निरीक्षण 

काठमाडौं, असोज ३१ : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार जंगी अड्डाको निरीक्षण गरेका छन्।

रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताएका छन्। साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ।

त्यसअघि रक्षामन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए। साथै नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिएका छन्।

कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्‍याल, रक्षा मन्त्रालयका प्रतिनिधिहरु तथा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।        

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्