वर्षा र बाढीबाट भारतमा १८ को मृत्यृ, दर्जनौ बेपत्ता
नयाँ दिल्ली, असोज ३१ : भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ। अरु दर्जनौ...
नयाँ दिल्ली, असोज ३१ : भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ। अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् ।
बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ। पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ। दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ।
कोट्याम जिल्लामा बढीले बढी क्षति पुर्याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।
बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन्। मौसम् विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि वर्षा कायमै रहने बताएका छन्।
प्रकाशित मिति: १५:४६ बजे, आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











