Kathmandu Press

दसैँमा दुर्घटनामा परेर चितवनमा नौ जनाको मृत्यु

चितवन, असोज ३१ : जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा...
दसैँमा दुर्घटनामा परेर चितवनमा नौ जनाको मृत्यु

चितवन, असोज ३१ : जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। 

यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए। 

२८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए। दुई पांग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए। मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । 

तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उनले बताए। जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उनको भनाइ छ। चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्