तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

कैलाली, असोज ३१ : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।
टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरसाइकलमा तीन जना सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार त्यही ठाउँका १८ वर्षकै केशव मगरको मृत्यु भएको हो। दुर्घटनामा परेर घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशीष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ। तीब्र गतिमा चलाउँदा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:५७ बजे, आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











