Kathmandu Press

चिलिमे हाइड्रोपावरको नाफा पौने २४ प्रतिशतले खुम्चियो, लगानीकर्ताको विश्वास गुमाउँदै

काठमाडौं, साउन २३ : विगतमा सेयर लगानीकर्ता सबैभन्दा बढी आर्कषित भएको चिलिमे हाइड्रोपावर कम्पनीको पछिल्लो समय नाफा घट्दै गएको छ। चिलिमेको नाफा गत वर्षभ....

चिलिमे हाइड्रोपावरको नाफा पौने २४ प्रतिशतले खुम्चियो, लगानीकर्ताको विश्वास गुमाउँदै

काठमाडौं, साउन २३ : विगतमा सेयर लगानीकर्ता सबैभन्दा बढी आर्कषित भएको चिलिमे हाइड्रोपावर कम्पनीको पछिल्लो समय नाफा घट्दै गएको छ। चिलिमेको नाफा गत वर्षभन्दा २३.७५ प्रतिशतले खुम्चिएको छ। उत्पादन खर्च ७७ प्रतिशतले बढ्दा नाफा घटेको कम्पनीले जनाएको छ।

कम्पनीले गत आर्थिक वर्षमा ७१ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षमा कम्पनीको नाफा ९३ करोड ८७ लाख रुपैयाँ थियो। विद्युत बिक्रीबाट एक अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब १३ करोड रुपैयाँ थियो।

विगतमा प्रतिसेयर आम्दानी सबै कम्पनीको भन्दा राम्रो रहेको चिमिलेको गत वर्षभन्दा ८.६४ रुपैयाँले घटेर १५ रुपैयाँमा सिमित भएको छ। खर्च ह्वातै बढे पनि विद्युत बिक्रीबाट हुने आम्दानी जम्मा २.८१ प्रतिशतले मात्रै सुधार हुँदा नाफामा प्रभाव पारेको हो।

कम्पनीले अन्य आयोजना निर्माणको लागि पाँच अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ। उत्पादन खर्च ७७ प्रतिशतले बढेर २१ करोड २३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च ११ करोड ९७ लाख रुपैयाँ थियो।

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, साउन २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्