Kathmandu Press

पाकिस्तानद्वारा राजदूत फिर्ता, भारतसँगको व्यापार र हवाइमार्ग बन्द

काठमाडौं, साउन २३ : भारतले कश्मिरको विशेष अधिकार खोसेपछि पाकिस्तान विरोधमा उत्रिएको छ। पाकिस्तानले भारतसँगको सबै कामकाज बन्द गर्ने भएको छ।

प....

पाकिस्तानद्वारा राजदूत फिर्ता, भारतसँगको व्यापार र हवाइमार्ग बन्द

काठमाडौं, साउन २३ : भारतले कश्मिरको विशेष अधिकार खोसेपछि पाकिस्तान विरोधमा उत्रिएको छ। पाकिस्तानले भारतसँगको सबै कामकाज बन्द गर्ने भएको छ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठक भारतसँगको राजनीतिक सम्बन्ध कम गर्दै लग्ने निर्णय गरेसँग थुप्रै कदम चालेको छ।

पाकिस्तानले आफ्नो हवाइमार्गमा भारतलाई अनुमति नदिएने भएको छ। पाकिस्तानले हवाइमार्ग बन्द गरेसँगै भारतको हवाइसेवामा असर पर्ने भएको छ। भारतबाट अमेरिका, यूरोप र मध्यपूर्व जाने हवाइसेवा प्रभावित हुनेछ।

भारतीय मिडियाका अनुसार, भारतीय विमानले अर्को बाटो प्रयोग गर्नुपर्नेछ। एयर इन्डियाका अनुसार, पाकिस्तानले हवाइमार्ग बन्द गरेपछि यूरोप, अमेरिका र मध्यपूर्वका देशको उडान १२ मिनेट बढी हुनेछ। अहिले भारतका दैनिक ५० फ्लाइट पाकिस्तानको हवाइमार्गबाट हुँदै आएका थिए। ति सबै प्रभावित हुनेछन।

कश्मिरमा गस्ती गर्दै भारतीय सुरक्षाकर्मी।

त्यस्तै, पाकिस्तानले दिल्लीस्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने लाहोरस्थित भारतीय राजदूतलाई फिर्ता जान सूचित गरेको छ।

पाकिस्तानको सुरक्षा समिति बैठकले राजनीतिक सम्बन्ध कम गर्नेसँगै भारतसँगको ब्यापार बन्द गर्ने निर्णय गरेको छ। अहिले भारत र पाकिस्तानबीच १८ हजार करोड भारतीय रुपैयाँ बराबरको व्यापार हुँदै आएको थियो। यसमा भारतले ८० प्रतिशत निर्यात गरिरहेको थियो।

यससँगै पाकिस्तानले कश्मिरसम्बन्धी भारतले गरेको निर्णय संयुक्त राष्ट्रसंघमा उठाउने भएको छ। सुरक्षा समितिको बैठकले संयुक्त राष्ट्रसंघमा यस विषयलाई जोडतोडका साथ उठाउने निर्णय गरेको हो।

त्यस्तै, भारतको स्वतन्त्रता दिवसमा कश्मिरका नागरिकको पक्षमा लाग्ने पाकिस्तानले निर्णय गरेको छ। अगस्त १४ मा कश्मिरका नागरिकको पक्षमा उभिने र अगस्त १५ मा कालो दिवसको रुपमा मनाउने जनाएको छ।

भारतले विशेष अधिकार खोसेसँगै कश्मिर क्षेत्र भने तनावपूर्ण नै रहेको छ। चार दिनदेखि कर्फ्यू लगाएको छ भने इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको छ। स्थानीय बासिन्दा बाहिर निस्किन पाएका छैनन्। बजार, स्कुल, कलेज बन्द गरिएका छन्।

त्यस्तै, कश्मिरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्ला, मेहबुवा मुफ्तीलाई पक्राउ गरिएको छ। उनीहरूलाई परिवारजनले पनि भेट्न पाएका छैनन्। अन्य नेताहरूलाई पनि नजरबन्दमा राखिएको छ।

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, साउन २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्