Kathmandu Press

छुट्टाछुट्टै दुर्घटनामा नौजनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनाहरूमा परी नौजनाको मृत्यु भएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा नौजनाको मृत्यु

काठमाडौं, असोज ३० : छुट्टाछुट्टै दुर्घटनाहरूमा परी नौजनाको मृत्यु भएको छ ।

बारा जितपुरसिमरा-२३ भोलहीस्थित सडकमा ना३ख ७५९४ नम्बरको ट्यांकरले बीआर ०६ सीक्यू ४१४१ नम्बरको कारलाई गएराति ठक्कर दिँदा कार चालक भारतको मोतिहारी पूर्वी चम्पारनका ३४ वर्षीय राजन सराफसहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको वयोधा अस्पताल वीरगञ्जमा उपचार क्रममा मृत्यु भएको हो ।

यस्तै, मकवानपुर हेटौंडा-१५ वनढाटस्थित सडकमा ना६ख ७६९ नम्बरको बसले ना५८प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हेटौंडा-१५ पनेसका १८ वर्षीय प्रकाश दियाली र सोही उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय सुशान्त दियाली छन् । दुर्घटनामा गम्भीर घाइते उनीहरूको हेटौंडा अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।

बर्दिया बढैयाताल गाउँपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट सोही ठाउँ बस्ने ७८ वर्षीया सोरावती रग्देलको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचार क्रममा मृत्यु भएको हो ।

यस्तै, सप्तरी खडक नगरपालिका-४ अमहास्थित सडकमा बा५६प २५१५ नम्बरको मोटरसाइकल र  स५प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा नाम, थर, वतन नखुलेका दुई पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सप्तऋषी अस्पताल लहान सिरहामा उपचार क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, रौतहट दुर्गा भगवती गाउँपालिका–४ स्थित सडकमा बीआर३०वाई ९०४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको शिवदर्शन अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्