Kathmandu Press

भारतीय नेसनल डिफेन्स कोर्सको सैनिक टोली आइतबार नेपाल आउँदै

भारतको नेसनल डिफेन्स कलेजमा सन् २०२१ को ब्याचमा अध्ययनरत सैनिक टोलीले नेपाल भ्रमण गर्ने भएको छ।
भारतीय नेसनल डिफेन्स कोर्सको सैनिक टोली आइतबार नेपाल आउँदै

काठमाडौं, असोज ३० : भारतको नेसनल डिफेन्स कलेजमा सन् २०२१ को ब्याचमा अध्ययनरत सैनिक टोलीले नेपाल भ्रमण गर्ने भएको छ ।

रियर एडमिरल धीरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोलीले आइतबारदेखि ६ कात्तिकसम्म नेपाल भ्रमण गर्न लागेको हो । टोलीमा फ्याकल्टी र कोर्समा सहभागी सैनिक अधिकृत हुने छन् ।

टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ ।

टोलीले जंगीअड्डा, मध्य कमान्ड हेडक्वार्टर पोखरा र कमान्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्नेछ । यस्तै, पशुपतिनाथ, मुक्तिनाथ, होटल एभरेस्ट भ्यू नाम्चे चन्द्रागिरि र नारायणहिटी दरबार संग्रहालयको अवलोकन गर्ने जंगीअड्डाले जनाएको छ ।

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्