सन्तानका नाममा विद्यालयमा अक्षयकोष
रामतुलसी मावि रामपुरका पूर्वविद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् ।
पाल्पा, असोज ३० : रामतुलसी मावि रामपुरका पूर्वविद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् ।
उनले छोरा संकल्प र छोरी सलोनीका नाममा विद्यालयमा ५१ हजार ६७० रुपैयाँको ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।
उक्त रकमको चेक उनले शनिबार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । उक्त रकमबाट कक्षा–१ का विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए ।
कँडेलले यसअघि सोही विद्यालयमा पिता तारानाथ कँडेल र माता तिलमाया कँडेलका नाममा ५१ हजार ४७० रुपैयाँको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरेका थिए ।
उनले दरैठाँटी माविमा पनि मातापिताका नाममा ५१ हजार ६०६ रुपैयाँको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् ।
प्रकाशित मिति: १६:०७ बजे, शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











