शान्ति स्थापनार्थ नेपाली सेनाको ३५ जनाको टोली कंगो प्रस्थान
काठमाडौं, असोज ३० : संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली सेनाको टोली कंगो प्रस्थान गरेको छ। शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न यूएन...
काठमाडौं, असोज ३० : संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली सेनाको टोली कंगो प्रस्थान गरेको छ।
शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न यूएन मिसनहरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आइरहेको छ।
युनाइटेड नेसन्स स्टेवीलाइजेशन मिसन इन द डेमोकेटिक रिपव्लिक अफ कंगोमा पहिलो डफ्फामा३५ जना गएका छन्।
प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा कतार एयरवेजमार्फत काठमाडौंबाट बिहिबार २ः३० बजे प्रस्थान गरेका हुन्।
कोभिड(१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड १९ प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ।
प्रकाशित मिति: १६:०५ बजे, शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











