Kathmandu Press

महाकाली किनारमा युवक मृत फेला

महाकाली किनारमा युवक मृत फेला

बैतडी, असोज ३० : महाकाली किनारमा आज बिहान एक शव फेला परेको छ। बैतडीको दशरथचन्द नगरपालिका–१० तिर€खडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो। 

आज बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।  

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्