Kathmandu Press

विश्व खाद्य दिवस मनाइँदै

‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्व खाद्य दिवस मनाइँदै छ ।
विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं, असोज ३० : ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्व खाद्य दिवस मनाइँदै छ ।

खाद्यान्न संकट र भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ ।

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो । खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो ।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बैँ रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ । अझ पनि ६० प्रतिशत नेपालीहरू कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिलाई गिज्याइरहेको छ ।

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो । तर, अहिले नेपालले अर्बाै रुपैयाँको खाद्यानन आयात गरिरहेको छ । जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औं शताब्दिको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै कारण संसारका धेरैजसो स्थानमा स्थानीय अन्नबालीसमेत हराउँदै गएका छन् ।

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्