Kathmandu Press

केही दिन मौसम बदली हुने पूर्वानुमान

आजदेखि केही दिन देशभरको मौसम बदली हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।
केही दिन मौसम बदली हुने पूर्वानुमान

काठमाडौं, असोज ३० : आजदेखि केही दिन देशभरको मौसम बदली हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार भारत आन्ध्रप्रदेश र उडिसाको तटीय क्षेत्रमा न्यून चापीय रेखा र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा पनि मौसम बदली हुने सम्भावना देखिएको हो ।

त्यसको खास प्रभाव आइतबारदेखि देखिन थाल्ने महाशाखाको पूर्वानुमान छ । नेपालभर उक्त वायुले हल्कादेखि मध्यम वर्षात् गराउने अनुमान छ । मेघ गर्जन, चट्याङ र हावाहुरी पनि गराउन सक्ने भएकाले महाशाखाले सबैमा सतर्कताका लागि आग्रह गरेको छ । हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०६:१२ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्