भारतमा २१६ दिनयता सबैभन्दा कम कोभिड बिरामी, निको हुने दर ९८.०७ प्रतिशत
भारतमा दुई सय १६ दिनयताकै सबैभन्दा कम कोरोना संक्रमित देखिएका छन् । निको हुने दर पनि ९८.०७ प्रतिशत देखिएको छ ।
नयाँदिल्ली, असोज २९ : भारतमा दुई सय १६ दिनयताकै सबैभन्दा कम कोरोना संक्रमित देखिएका छन् । निको हुने दर पनि ९८.०७ प्रतिशत देखिएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन सय ७९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । त्यससँगै भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाख ५१ हजार आठ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६ हजार आठ सय ६२ नयाँ बिरामी फेला परेका छन् । त्यससँगै हालसम्मको कुल संक्रमित संख्या तीन करोड ४० लाख ३७ हजार पाँच सय ९२ पुगेको छ । उपचाररत नयाँ बिरामीको संख्या दुई सय १६ मात्र छ, जुन दुई सय १६ दिनताको सर्वाधिक कम हो ।
लगातार २१ दिनयता भारतमा कोभिड–१९ का ३० हजारभन्दा कम बिरामी फेला परेका छन् । ५० हजारभन्दा कम बिरामी फेला परेको लगातार एक सय १० दिन भएको छ । बिरामी निको हुने दर पनि ९८.०७ प्रतिशत छ, जुन मार्च २०२० यताको सर्वाधिक हो ।











