Kathmandu Press

ग्लोबल हंगर इन्डेक्समा नेपाल ७६ औँ स्थानमा

ग्लोबल हंगर इन्डेक्समा नेपाल ७६ औँ स्थानमा देखिएको छ। दक्षिण एसियाली मुलुकमध्ये बंगलादेश पनि ७६ औँ स्थानमा रहेको बीबीसीले जनाएको छ।
ग्लोबल हंगर इन्डेक्समा नेपाल ७६ औँ स्थानमा

काठमाडौं, असोज २६ : ग्लोबल हंगर इन्डेक्समा नेपाल ७६ औँ स्थानमा देखिएको छ । दक्षिण एसियाली मुलुकमध्ये बंगलादेश पनि ७६ औँ स्थानमा रहेको बीबीसीले जनाएको छ ।

एक सय १६ वटा मुलुकको सूचीमा नेपालको स्थान बंगलादेशसँग बराबरी देखिएको हो । दक्षिण एसियाली मुलुकहरू मध्ये पाकिस्तान यो सूचीमा ९२ औँ स्थानमा छ । यस क्षेत्रको सबैभन्दा ठूलो मुलुक भारत एक सय एक स्थानमा झरेको छ । यसअघि भारत यो सूचीमा ९४ औँ स्थानमा थियो ।
ग्लोबल हंगर इन्डेक्सको वेबसाइटका अनुसार यस सूचीमा टप फाइभमा चीन, ब्राजिल, कुवेतलगायत १८ वटा मुलुक छन् ।

ग्लोबल हंगर इन्डेक्सले विभिन्न मुलुकका नागरिकलाई खाद्यवस्तु कसरी र कति प्राप्त हुन्छ भन्ने आँकडा निकाल्ने गरेको छ । पछिल्लो सूचकांकअनुसार विश्वभर जारी भोकमरीविरुद्धको अभियान प्रभावी देखिँदैन ।

यो रिपोर्ट आयरल्यान्डको कन्सर्न वर्ल्डवाइड र जर्मनीको वेल्ट हंगर हिल्फले मिलेर तयार पारेका हुन् । पछिल्लो रिपोर्टले कोभिड–१९ महामारीको नकारात्मक असर समाजमा देखापर्न थालेको उल्लेख गरेको छ । सोही कारण भोकमरी बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्