Kathmandu Press

अफगानिस्तानको कान्दहारमा मस्जिदमा विष्फोट, १६ को मृत्यु

अफगानिस्तानको कान्दहारस्थित मस्जिदमा शुक्रबार भएको विष्फोटमा १६ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३२ जना घाइते भएका छन्।
अफगानिस्तानको कान्दहारमा मस्जिदमा विष्फोट, १६ को मृत्यु

काबुल, असोज २९ : अफगानिस्तानको कान्दहारस्थित मस्जिदमा शुक्रबार भएको विष्फोटमा १६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३२ जना घाइते भएका छन् ।

उक्त विष्फोट कान्दहारको इमाम बारगाह मस्जिदमा भएको थियो । विष्फोटको कारण खुल्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

गत शुक्रबार पनि अफगानिस्तानको उत्तरी सहर कुन्दुजस्थित मस्जिदमा पनि विष्फोट गराइएको थियो । उक्त घटनाको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।

कान्दहारमा भएको विष्फोटमा इस्लामिक स्टेटको खुरासान गुटको हात हुन सक्ने काबुलस्थित बीबीसी संवाददाताको अनुमान छ । मस्जिदमा लगातार तीनपटक विष्फोट भएको थियो ।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, असोज २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्