काठमाडौं उपत्यकामा थपिए ११८ नयाँ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक सय १८ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौं, असोज २९ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।
तीमध्ये काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना छन् ।
पछिल्लो २४ घण्टामा वागमती प्रदेशमा थपिएका १२९ जना नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाकै हिस्सा ठूलो छ ।
प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










